यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकप २०२६ : यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?
यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

आगामी सातादेखि आरम्भ हुने विश्वकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रयोग हुने फिफाले जनाएको छ। त्यसमध्ये एउटा ठूलो आकर्षण भनेको प्रविधिजडित फुटबल हो।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यस प्रतिस्पर्धामा प्रयोग हुने फुटबल उच्च प्रविधियुक्त हुने छ।

फिफाका अनुसार यो सामान्य फुटबलजस्तो देखिन्छ र महसुस हुन्छ, तर यो फरक छ।

झट्ट हेर्दा साधारण फुटबलजस्तो देखिने ‘ट्राइओन्डा’ नामको स्मार्ट फुटबलभित्र रहेको चिपमा सेन्सर हुन्छ।

फिफाका अनुसार यस्तो बलले प्रतिसेकेन्ड ५०० पटक डेटा ट्र्याक गर्न सक्छ, यसको अर्थ प्रत्येक गतिको सूक्ष्म निगरानी भइरहेको हुन्छ।

फुटबलमा निकै विवाद निम्त्याउन सक्ने ह्यान्डबल, अफसाइड तथा अन्य गल्ती ठम्याउन तथा रेफ्री तथा अधिकारीहरूलाई उचित निर्णय लिन यस्तो एआई क्षमता जडित फुटबलले सघाउ पुर्‍याउने अपेक्षा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।