इजरेलमा नयाँ सरकार आफूले बनाउने दुवै प्रतिस्पर्धीको दाबी
इजरेलमा भएको आमनिर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा पनि कसैको स्पष्ट बहुमत पुग्ने सङ्केत देखिएको छैन।
यस अवस्थामा वर्तमान प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र विपक्षी गठनबन्धनका नेता गादी आइजनकोट दुवैले आफूहरूले नयाँ सरकार बनाउने दाबी गरेका छन्।
नेतन्याहूले भनेका छन्, "हामीले दक्षिणपन्थी, राष्ट्रवादी र बलियो सरकार बनाउनुपर्छ। इजरेललाई खतरामा पार्ने अनि 'जाइअनिस्ट'विरोधी अरब पार्टीहरूले समर्थन गर्ने सरकार बनाउनुहुँदैन"
तर आइजनकोटको भनाइ छ, "जनताले परिवर्तनका पक्षमा निर्णय दिएका छन्... इजरेली जनताले प्रधानमन्त्रीका रूपमा नेतन्याहूको कार्यकाल लम्बिन नहुने मत दिएका छन्।"
इजरेली संसद्मा बहुमतका लागि ६१ सीटमा चुनाव जित्नुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



