चीन किन फुटबल खेलाडी एम्बाप्पेसँग बिच्कियो
चर्चित फुटबल खेलाडी किलियान एम्बाप्पेले चिनियाँ नेता माओत्सेतुङको तस्बिरमा आफ्नो अनुहार जोडेर बनाइएको एउटा मीमबारे गरेको टिप्पणीका लागि क्षमायाचना गरेका छन्।
माओको नाम नलिएको भए पनि उनले "चिनियाँ तानाशाह" भनेको सुनिने उक्त टिप्पणीका कारण धेरै चिनियाँ ब्र्यान्डहरूले उनीसँग गरेको सहकार्य भङ्ग गरेका छन्।
उक्त मीम एम्बाप्पे आफैँले बनाएका हैनन्। फुटबलमा निकै प्रभावशाली देखिएकाले उनलाई "डिक्टेटर" अर्थात् "तानाशाह" को उपनाम दिइएको छ। त्यसै प्रसङ्गमा उनीबारे ठट्टा गर्न बनाइएको उक्त मीममा माओको तस्बिरमा एम्बाप्पेको अनुहार टाँसिएको देखिन्छ।
रेआल मड्रिडका यी फुटबलरलाई एउटा फ्रेन्च टक शोमा उनलाई आफूबारे बनाइएका कुन मीम सबैभन्दा बढी मन पर्छ भनेर सोधिएको थियो। "मलाई सबैभन्दा धेरै हाँसो उठाउने मीम त्यो हो जसमा एक व्यक्तिको भिडिओ छ, मलाई लाग्छ उनी कुनै चिनियाँ तानाशाह हुन्...," एम्बाप्पेले भनेका थिए।
तर चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेतासँग जोडिएको उक्त ठट्टालाई चिनियाँहरूले रुचिकर मानेनन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



