बाढीबाट प्रभावित राजमार्ग र पुलहरूको अवस्था अहिले के छ
भदौ १० गते भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएका मुख्य राजमार्गहरू क्षतविक्षत भए भने दर्जनौँ पुलहरू बगे।
सडक विभागका अनुसार गल्छी-रसुवागढी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नुका साथै गाडी आवतजावत गर्ने ४२ वटा पुल बगेका छन्।
बाढीप्रभावित मानिसहरूका निम्ति ती भौतिक संरचनाको पुनर्निर्माण आफ्नो दैनिक जनजीविकासँग जोडिएको महत्त्पूर्ण विषय हो। नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाइ भइरहेको छ।
यसबारे विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेसँग बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।