बाढीले पुरेको वा क्षति पुर्‍याएको घरमा पस्दा के गर्ने, के नगर्ने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीले पुरेको वा क्षति पुर्‍याएको घरमा पस्दा के गर्ने, के नगर्ने
Published

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सयौँ घरहरू बगायो भने कैयौँ घरहरूमा क्षति पुर्‍यायो।

नदीका किनारमा अवस्थित केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा नराम्ररी क्षति पुगेको देखिएको छ। केही स्थानीय बासिन्दाहरूले हिलो पन्छाउँदै घरमा फेरि तरखर गरेको देखिएको छ।

यसै सन्दर्भमा हामीले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुनर्निर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढीले क्षति पुगेका वा पुरिएका घरहरूमा जाँदाखेरि कस्तो सावधानी अपनाउनुपर्छ भनेर सोधेका छौँ।

बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि संवाददाता निरञ्जन राजवंशीले अर्यालसँग लिएको अन्तर्वार्ता सुन्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।