बाढीले नागरिकता वा अन्य कागजपत्र हराएको छ भने के गर्ने
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले मानिसहरू अनि घर र कार्यालयहरूसँगै थुप्रै कुरा बगायो।
मानिसहरूको पहिचान जनाउने कागजपत्रहरू समेत बगे वा हिलोमा कामै नलाग्ने गरी पुरिए। धेरै जनाका नागरिकता, पासपोर्ट र जग्गाको लालपुर्जासहितका महत्त्वपूर्ण दस्तावेजहरू हराए।
प्रभावित मानिसहरूको यो समस्या समाधान गर्न सरकार के गर्दै छ त?
बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि संवाददाता सागर बुढाथोकीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छन्। सुन्नुहोस् यो अन्तर्वार्ता।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।