हिमनदीका कारण सङ्कटमा परेको दुर्गम गाउँ जहाँ विपत्ति रोक्न दैनिक प्रार्थना गरिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हिमनदीका कारण सङ्कटमा परेको दुर्गम गाउँ जहाँ विपत्ति रोक्न दैनिक प्रार्थना गरिन्छ
Published

नेपालमा भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा अनि असोज महिनामा बूढीगण्डकी नदीमा आएका विनाशकारी बाढीपछि हिमाली भेगमा जलवायु परिवर्तनका कारण परेका दुष्प्रभावबारे गम्भीर चर्चा हुन थालेको छ।

दुर्गम हुम्ला जिल्लामा अवस्थित लिमी उपत्यकामा पर्ने हाल्जी गाउँको ठिक माथिपट्टि एउटा हिमताल छ। तर त्यो पग्लिन थालेकाले उक्त गाउँ सङ्कटमा परेको ठानिएको छ।

गाउँलेहरू बेलाबेलामा बाढी र पहिरोले दुःख दिन थालेको भए पनि आफूलाई आफ्नै गाउँ प्यारो लाग्ने बताउँछन्।

त्यहाँ विपत्ति ननिम्तियोस् भनेर लामाहरू स्थानीय गुम्बामा दिनहुँ प्रार्थना गर्छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।