स्पेनमा घातक दुर्घटनामा परेको रेलको भग्नावशेषभित्र जे देखियो
स्पनेको राजधानी मड्रिडको दक्षिणमा बुधवार भएको रेल दुर्घटनामा दर्जनौँ मानिस हताहत भएका छन्।
कम्तीमा ६८ जनाको मृत्यु हुने गरी दुइटा रेल जुधेको उक्त घटनालाई सन् २०१३ पछि स्पेनमा भएको सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ।
कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण सुरुमा रेलहरू रोकिएका थिए। त्यसपछि नियन्त्रण कक्षबाट भएको "अस्पष्ट" निर्णयका कारण गुडिरहेको रेल र रोकिएको रेल एकआपसमा ठोक्किन पुगेको स्पेनका यातायातमन्त्रीले बताएका छन्।
घटनास्थलमा पुगेका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन अहिले गहिरो शोकमा डुबेको बताएका छन्।
उक्त यस दुःखद घटनासँगै अधिकांश प्रमुख राजनीतिक दलहरूले आफ्ना आम निर्वाचनका अभियानहरू स्थगित गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



