गर्भावस्थामा प्रीइक्ल्याम्प्सिआको जोखिम कम गर्न सक्ने विकल्प

भिडिओ क्याप्शन सुरु हुँदैछ, गर्भावस्थामा प्रीइक्ल्याम्प्सिआको जोखिम
गर्भावस्थामा प्रीइक्ल्याम्प्सिआको जोखिम कम गर्न सक्ने विकल्प
Published

प्रीइक्ल्याम्प्सिआ गर्भावस्थामा हुन सक्ने जटिल समस्या हो र यो घातक हुन सक्छ।

उक्त रक्तचाप र पिसाबमा प्रोटीन देखिने लक्षण हुने यस समस्याले अङ्गहरूले काम नगर्ने अनि सीजर र स्ट्रोक समेत गराउन सक्छ।

प्रीइक्ल्याम्प्सिआ र यससँग सम्बन्धित उच्च रक्तचापसँग सम्बन्धित समस्याका कारण हरेक वर्ष संसारभरि लगभग ७० हजार महिला र लगभग ५ लाख बच्चाको ज्यान जान्छ।

गर्भावस्थाको समयमा औषधिले लक्षणलाई नियन्त्रण गर्न सक्ने भए पनि प्रीइक्ल्याम्प्सिआलाई निको पार्ने औषधि अहिलेसम्म पत्ता लागेको छैन, बच्चा जन्माउने बाहेक। तर अब सम्भवत: अर्को विकल्प हुन सक्छ।

त्यो के हो?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।