मुटु र कलेजो स्वस्थ राख्न डाक्टरका यस्ता सल्लाह

भिडिओ क्याप्शन सुरु हुँदैछ, चाडपर्वमा मुटु र कलेजो रोगीलाई डाक्टरका महत्त्वपूर्ण सुझाव
मुटु र कलेजो स्वस्थ राख्न डाक्टरका यस्ता सल्लाह
Published

डाक्टरहरूले मुटु र कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूलाई दशैँतिहारजस्ता चाडपर्वका बेला खानपानमा हेलचक्र्याइँ नगर्न सचेत तुल्याएका छन्।

आहारविहारमा केही परिवर्तन गर्न आग्रह गर्दै उनीहरूले अन्यथा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चेतावनी दिएका छन्।

विशेष गरी दशैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने हुँदा खानपानमा सजग रहन उनीहरूको सुझाव छ।

सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने उनीहरू बताउँछन्।

तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यलाई हानि नहुने गरी चाडपर्व मनाउन सकिन्छ।

भिडिओ : कमल परियार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।