तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन जना पर्यटकको मृत्यु भएको छ।
जम्मा २० जना पर्यटकको समूहमा रहेका अन्य सबैलाई उद्धारकर्ताहरूले फेला पारेका छन्। उनीहरू विस्फोटनपछि हराइरहेका थिए।
उनीहरू सुरक्षित रूपमा पर्वतबाट तल झरेका छन्।
उक्त पर्वत चढ्न प्रतिबन्ध भए पनि उनीहरू पदयात्रामा गएको अधिकारीहरू बताउँछन्।
विस्फोटका कारण आकाशमा खरानीको १० किमि अग्लो मुस्लो उठेको इन्डोनेशियाको ज्वालामुखीसम्बन्धी निकायले बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।