नेपालका प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच 'दुईपक्षीय हितका विषयमा कुराकानी'
दुईदिने राजकीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली गएका प्रधानमन्त्री वालेन्द्र शाहसँग उनको भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशङ्करले भेट गरेका छन्।
उनले भोली भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन्। प्रधानमन्त्री बालेन भोली नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बसेको होटलमा नै भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेटवार्ता भएको थियो।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोलीका केही सदस्यहरूको पनि उपस्थिति थियो।
End of https://www.bbc.com/nepali/articles/c5m2l49dvkw3o
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



