हिटलरले विश्वयुद्धका बेला विश्राम गर्न प्रयोग गरेको भवनमा आगलागी

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हिटलरले विश्वयुद्धका बेला विश्राम गर्न प्रयोग गरेको भवनमा आगलागी
Published

नाजी तानाशाह हिटलरले प्रयोग गरेको 'ईगल्स नेस्ट' भनेर चिनिने एउटा पुरानो भवनमा आगलागी भएको छ।

शुक्रवार रातिको उक्त घटनापछि दक्षिण जर्मन राज्य बाभेरियाको प्रहरीले एक ३३ वर्षीय जर्मन नागरिकलाई नियन्त्रणमा लिएको छ।

हिटलर र उनका निकटतम सहयोगीहरूले दोस्रो विश्वयुद्धका बेला अल्पाइन पर्वतशृङ्खलामा अवस्थित उक्त भवनलाई विश्रामस्थलको रूपमा प्रयोग गरेका थिए।

आफूलाई पशुप्रेमी र प्रकृतिप्रेमीका रूपमा चित्रण गर्ने गरी प्रचारबाजीका लागि हिटलरले बनाउन लगाएका चलचित्रहरूको पृष्ठभूमिमा पनि उक्त भवन देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।