मैदानबाट छक्का हुँदै बाहिरिएको बल गुडिरहेको मोटरसाइकलबाट 'क्याच'
पाकिस्तानको स्वातस्थित एउटा क्रिकेट मैदानबाट बाहिरिएको बललाई मोटरसाइकलको पछाडि बसेका एक व्यक्तिले अद्भुत तरिकाले समातेका छन्।
मिङ्गोरास्थित ग्रासी ग्राउन्डमा स्वात स्ट्राइकर्स र जीकेआर दिरबीच भएको स्वात प्रिमिअर लीगको खेलका क्रममा उक्त बल छक्का हुँदै बाहिरिएको थियो।
भिडिओमा मेहरान खान नाम गरेका ती व्यक्तिले मैदानबाहिर गुडिरहेको मोटरसाइकलको पछाडिको सीटमा बसेर एक हातले बल समातेको देखिन्छ।
उनलाई पछि १०,००० पाकिस्तानी रुपैयाँ (झन्डै ३६ अमेरिकी डलर) पुरस्कार दिइएको थियो। उक्त भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



