सूइज नहरः एशिया र युरोप जोड्ने जलमार्ग विशाल पानीजहाजका कारण अवरुद्ध

पानीजहाज
Published

फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ।

अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन्।

पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका छन्।

इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ। यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ।

पानीजहाज

एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ।

अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ।

पानीजहाज

झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ।

विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन्।

नहर अवरोध भएको देखिने भूउपग्रहबाट खिचिएको तस्बिर
तस्बिरको क्याप्शन, नहर अवरोध भएको देखिने भूउपग्रहबाट खिचिएको तस्बिर

सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए।

सो नहर १९३ किलोमिटर लामो छ।

अधिकारीहरूले जहाजलाई हटाउने प्रयास गरिरहेका छन्
तस्बिरको क्याप्शन, अधिकारीहरूले जहाजलाई हटाउने प्रयास गरिरहेका छन्
गत वर्ष यो नहरबाट प्रतिदिन ५१.५ का दरले पानीजहाज ओहोरदोहोर गरेका थिए
तस्बिरको क्याप्शन, गत वर्ष यो नहरबाट प्रतिदिन ५१.५ का दरले पानीजहाज ओहोरदोहोर गरेका थिए
सो नहरमा तीन वटा प्राकृतिक तालहरू रहेका छन्
तस्बिरको क्याप्शन, सो नहरमा तीन वटा प्राकृतिक तालहरू रहेका छन्