इजरेलद्वारा तेहरानको राष्ट्रपति कार्यालयमा हमला, मृतकको सङ्ख्या ७८७ पुग्यो
इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि इरानले इजरेल र मध्यपूर्वस्थित अमेरिकी साझेदार राष्ट्रहरूतिर क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने क्रम जारी राखेको छ। हालसम्म मृतकको सङ्ख्या ७८७ पुगेको छ।
सारांश
- इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको रेड क्रेसन्टले बताएको छ
- इजरेलले तेहरान र बेइरुतमा ताजा हमला गरेको पुष्टि गरेको छ
- रियादस्थित अमेरिकी दूतावासमा दुइटा ड्रोन प्रहार हुँदा त्यहाँ आगलागी भएको र सामान्य क्षति पुगेको साउदी रक्षा मन्त्रालयले जनाएको छ
- कुवेतस्थित अमेरिकी राजदूतावास अनिश्चितकालका लागि बन्द भएको छ
- मध्यपूर्वमा द्वन्द्व चर्किएपछि एक इरानी अधिकारीले 'स्ट्रेट अफ होर्मुज'मा देखिने जुनसुकै पानीजहाजमा पनि "आगो लगाइदिने" धम्की दिएका छन्। स्ट्रेट अफ होर्मुज पेट्रोलियम पदार्थ ढुवानी प्रयोग गरिने गर्न एउटा महत्त्वपूर्ण मार्ग हो
- अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा "सबैभन्दा भीषण आक्रमण हुन बाँकी नै भएको" बताएका छन्
- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सत्तालाई रोक्ने यो नै "अन्तिम र सबैभन्दा राम्रो अवसर" भएकाले इरानविरुद्ध युद्ध गर्ने निर्णय गरेको बताएका छन्
- अमेरिका र इजरेलले शनिवार गरेको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ
