तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न्यूयोर्क सिटीको आकाशमा सयौँ ड्रोनले बनाए 'ट्विन टावर'
संयुक्त राज्य अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएका आतङ्ककारी आक्रमणमा मारिएका मानिसहरूको सम्झनामा न्यूयोर्क सिटीको आकाशमा सयौँ ड्रोनहरू प्रयोग गरेर 'ट्विन टावर' को आकृति बनाइएको छ।
'२,९७७ लाइट्स ओभर न्यूयोर्क हार्बर' भनिएको उक्त विशेष कलाकृति बनाउन कलाकारहरूले उक्त घटनामा मारिएका मानिसका परिवारजन र ज्यान जोगिएका मानिसहरूको समूहसँग सहकार्य गरेका थिए।
आयोजकहरूका अनुसार 'ट्विन टावर'को आकृतिमा देखिएको प्रत्येक बत्तीले ९/११ हमलामा मारिएका प्रत्येक व्यक्तिको प्रतिनिधित्व गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।