जोन्सन र युरोपेली अधिकारीहरूले यात्रा गरेकै मार्गमा चल्ने युक्रेनी रेलमा रुसी हमला
ब्रिटिश पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन-पोल्यान्ड सीमानजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ।
रुसी ड्रोन रेलको इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन।
ड्रोन खस्नुअघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
किएभमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्ग प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



