विश्वकपमा ब्रजिलले जापानलाई हराएपछि खुसी मनाउँदा 'नन'हरू भाइरल

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकपमा ब्रजिलले जापानलाई हराएपछि खुसी मनाउँदा 'नन'हरू भाइरल
विश्वकपमा ब्रजिलले जापानलाई हराएपछि खुसी मनाउँदा 'नन'हरू भाइरल
Published

विश्वकपमा ब्रजिलले जापानलाई हराएपछि खुसी मनाउँदा 'नन'हरू भाइरल बनेका छन्।

जारी विश्वकपमा जापानविरुद्धको खेलमा ब्रजिलले जितेपछि खुसी मनाउँदै गरेको भिडिओ उनीहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

खेलको अन्तिम क्षणमा ब्रजिलले जापानलाई नाटकीय रूपमा २का विरुद्ध १ गोलले पराजित गरेपछि उनीहरूको खुसीको सीमा रहेन।

उनीहरूले आफ्नो टीमको जुलाई ५ मा हुने अर्को चरणको खेलका लागि प्रार्थना गरिरहेको बताएका छन्। त्यो दिन ब्रजिलले नर्वेसँग खेल्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।