कृष्णभीरमा माथि पहिरो, तल बाटो कटान

भिडिओ क्याप्शन सुरु हुँदैछ,
कृष्णभीरमा माथि पहिरो, तल बाटो कटान
Published

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षाका कारणले धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गस्थित कृष्णभीरमा फेरि पहिरो गएको छ।

उक्त सडकको केही खण्ड पनि बगेको अधिकारीहरूले बताएका छन्।

गत महिना भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो वाढीले कृष्णभीरको सडक कटानमा परेर केही साता सवारी आवागमन रोकिएको थियो।

त्यसपछि कृष्णभीरमा सडकभन्दा माथिपट्टि केही भाग काटेर वैकल्पिक बाटो बनाइएको थियो। उक्त बाटो असोज १ गतेदेखि सञ्चालनमा आएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।