पाइलटमाथि चक्कु प्रहार भएको विमानबाट एक यात्रुले यसरी मागेका थिए गुहार

पाइलटमाथि चक्कु प्रहार भएको विमानबाट एक यात्रुले यसरी मागेका थिए गुहार
Published

दुबईबाट इजरेलका लागि उडेको एउटा विमान अकस्मात् अन्यत्र मोडिएपछि विमानभित्रबाटै एक यात्रुले सहायताको याचना गरेका थिए।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका अनुसार उक्त विमानमा एक पाइलटले अर्का पाइलटलाई चक्कु प्रहार गरेर "दुर्घटना गराउन" खोजेका थिए।

दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको उक्त विमान साउदी अरबतर्फ मोडिनुअघि दुई मिनेटभन्दा कम समयमा ५,२०० मिटर तल ओर्लिएको थयो।

चक्कु प्रहार गर्ने भनिएका पाइलटलाई पक्राउ गरी सोधपुछ भइरहेको नेतन्याहूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।