तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरान युद्ध टुङ्ग्याउने सहमतिमा ट्रम्पले यसरी गरे हस्ताक्षर
संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा १४ वटा बुँदा छन्।
उक्त दस्ताबेजमा दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमतिपत्रमा इरानका तर्फबाट राष्ट्रपति मसूद पेजेस्किआन र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि हस्ताक्षर गरेका छन्।
दुई पक्षबीच भएको सहमतिमा होर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना अनि अमेरिकाले इरानविरुद्ध सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने विषय पनि उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।