तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजमार्गमा विमान दुर्घटना, बेल्चा र घन प्रयोग गरेर फसेका यात्रुहरूको उद्धार
संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा १६ जुन, मङ्गलवार एउटा यात्रुवाहक निजी विमान दुर्घटनामा परेपछि विमानभित्र छ जना फसेका थिए।
राजमार्गमा विमान दुर्घटनामा परेको देखेपछि झन्डै एक दर्जन सर्वसाधारण र उद्धारकर्मीहरू घटनास्थलतर्फ दौडिएका थिए।
विमानभित्र फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयासमा उनीहरूले बेल्चा र घनजस्ता औजार प्रयोग गरेको देखिएको थियो।
विमानमा सवार छजना मानिसमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जीवितै उद्धार गरिएका अन्य पाँच जनालाई अस्पताल लगिएको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था स्थिर छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।