तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सैनिकहरू चढेको बसमा जङ्गली हात्तीको हमला
श्रीलङ्कामा वायुसेनाका सैनिकहरू चढेको एउटा बसलाई जङ्गली हात्तीले आक्रमण गरेको देखिने एउटा भिडिओ सार्वजनिक भएको छ।
यो घटना गत मङ्गलवार २३ जुनमा श्रीलङ्काको दक्षिणी प्रान्तमा पर्ने किरिन्दा सहरमा भएको हो।
हात्तीको हमलामा परेर कोही पनि घाइते भएन। तर बसमा भने क्षति पुगेको छ।
श्रीलङ्कामा वनजङ्गल रहेका ठाउँमा कहिलेकाहीँ हात्तीहरूले मानिस र सवारीसाधनमाथि हमला गर्ने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।