घरमा बसेर हेर्दै गरेका मानिसमाथि आतसबाजी खस्यो

घरमा बसेर हेर्दै गरेका मानिसमाथि आतसबाजी खस्यो
Published

टर्कीमा अपार्ट्मन्टको बार्दलीमा बसेर आतसबाजीको भिडिओ खिच्दै गरेका केही मानिसमाथि आगो खसेको देखिने भिडिओ सार्वजनिक भएको छ।

दियार्बाकिरको एकमात्र टोली 'आमेद्स्पोर'ले देशको सबैभन्दा ठूलो फुटबल लीगमा 'बेसिक्टास' लाई पराजित गरेपछि त्यसको हर्ष मनाउन उक्त सहरमा आतसबाजी गरिएको थियो।

बल्दै गरेको बारुद खसेपछि दुई जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीमध्ये एक जनाको अनुहार केही जलेको छ भने चिउँडो र कानमा टाँका लगाउनुपरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।