तालमा छिराएर पानीमा टेस्ला साइबरट्रक चलाउन खोजेपछि पक्राउ

तालमा छिराएर पानीमा टेस्ला साइबरट्रक चलाउन खोजेपछि पक्राउ
Published

संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित एउटा तालमा टेस्ला साइबरट्रक छिराएर पानीमा चलाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ।

साइबरट्रकको 'वेड मोड' प्रयोग गरेर पानीमा चलाउनका लागि चालकले नियतवश उक्त सवारीसाधनलाई पानीमा हुलेको बताइएको छ।

टेस्लाका अनुसार अधिकतम गहिराइ ८१.५ सेन्टिमिटर भएको जलाशयमा उक्त सुविधा प्रयोग गर्न मिल्छ। त्यसो गर्दा गाडी पानीमा डुब्दैन।

टेस्ला साइबरट्रक विद्युतीय पिकअप ट्रक हो। यो गोली नछिर्ने स्टीलबाट बनेको बताइएको छ। यसको मूल्य कम्तीमा ७०,००० अमेरिकी डलर पर्छ।

ती सवारीचालकलाई सो तालको बन्द भागमा गाडी चलाएको र जलसुरक्षाका उपकरणहरूलाई अवरोध पुर्‍याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।