छ बालबालिका जसले इजरेली आक्रमणमा आमा र बुवा दुवै गुमाए

भिडिओ क्याप्शन सुरु हुँदैछ,
छ बालबालिका जसले इजरेली आक्रमणमा आमा र बुवा दुवै गुमाए
Published

इजरेलले गरेको सैन्य कारबाहीमा गाजामा हजारौँ मानिसको मृत्यु भएको छ, सयौँ बालबालिका टुहुरा भएका छन्।

इजरेली हवाई आक्रमणमा परेर आमा र बुवाको मृत्यु भएपछि १३ वर्षे ओमारसहित एउटै परिवारका छ सहोदर बालबालिका टुहुरा भए। उनीहरूमध्ये सबैभन्दा जेठो सन्तान १७ वर्ष र कान्छो सन्तान एक वर्षका छन्।

अहिले उनीहरू आफ्ना काकासँग बस्छन्। उनको घर पनि इजरेलले प्रहार गरेको बमका कारण भत्किएको छ।

बीबीसी अरबिककी दालिया हैदरले भेटेर उनीहरूको अवस्था बुझेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।