मृत्यु भएको भन्ठानिएकी नौवर्षे इजरेली बालिका पनि मुक्त

भिडिओ क्याप्शन सुरु हुँदैछ,
Published

हमासले इजरेलमा आक्रमण गर्दा मृत्यु भएको भन्ठानिएकी एक नौवर्षे बालिका झन्डै सात हप्तापछि घर फर्किएकी छन्।

हमासले मुक्त गरेपछि इजरेली-आइरिश मूलकी एमिली ह्यान्ड अहिले आफ्ना बुवाको संरक्षणमा छिन्।

उनलाई हमासका लडाकुहरूले अपहरण गरेर लगेका थिए।

इजरेली बन्धक र प्यालेस्टिनी बन्दीहरू साटफेर गर्न तथा केही दिनलाई लडाइँ रोक्न इजरेल र हमासबीच एउटा सहमति भएको थियो। सङ्घर्षविरामको अवधि थपिँदा दुवै पक्षले थप मानिसहरू मुक्त हुने अपेक्षा राखेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।