गाजामा सुत्केरी र गर्भवतीको आश्रयस्थलमा इजरेली आक्रमण, स्वास्थ्यकर्मी भाग्न बाध्य

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गाजामा सुत्केरी र गर्भवतीको आश्रयस्थलमा इजरेली आक्रमण, स्वास्थ्यकर्मी भाग्न बाध्य
Published

गत अक्टोबरमा युद्ध सुरु हुँदा गाजामा झन्डै ५०,००० महिला गर्भवती रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या निकायको अनुमान थियो। तीमध्ये कैयौँ महिलाहरू अहिले सुत्केरी भइसकेका छन्।

तर युद्ध जारी रहेकाले सुत्केरी तथा गर्भवती महिलाले आवश्यक स्याहार पाएका छैनन्।

बीबीसी अरबिकले त्यहाँकी एक स्वास्थ्यकर्मीसँग कुरा गरी यो भिडिओ बनाएको छ।

उत्तरी गाजास्थित ती सुँडेनी युद्धका कारण घर छाडेर खान यूनिसमा शरण लिन पुगेकी थिइन्। तर त्यहाँ सुत्केरी र गर्भवतीको आश्रयस्थलमा आक्रमण भएपछि उनी रफाहतर्फ गएकी छन्

भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।