तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेसएक्सको रकेट समुद्रमा खस्दा विस्फोटन र आगो
स्टारलिङ्कका स्याटलाइटहरू लिएर अन्तरिक्षमा गएको स्पेसएक्सको 'स्टारशिप' चाँडै पृथ्वी फर्किएपछि प्रशान्त महासागरमा खसेको छ।
उक्त यान पानीमा खस्दा विस्फोटन भयो र आगो लाग्यो। विस्फोटन किन भयो भन्ने कारण स्पष्ट भइसकेको छैन।
उक्त यान २६ वटा उन्नत 'भी३' स्याटलाइटहरू लिएर गएको थियो। ती स्याटलाइट पृथ्वीमा ब्रोड्ब्यान्ड इन्टरनेट सञ्चालन गर्नका लागि स्टारलिङ्कले अन्तरिक्षमा स्थापना गरेको सञ्जालका अङ्ग हुन्।
दश घण्टा लामो अभियानका लागि प्रक्षेपण गरिएको भए पनि पृथ्वीको कक्षमा परिक्रमा गरेको तीन घण्टापछि त्यसलाई अवतरण गराउने निर्णय लिइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।