तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तेहरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण
- Author, क्लेयर कीनन
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले तेहरानले विगत दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि त्यसको जबाफमा अमेरिकी फौजले इरानका पाँच वटा ट्याङ्करहरूमाथि आक्रमण गरेको जनाएको छ।
सेन्टकमका अनुसार ओमानको खाडीमा रहेको इरानको रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित चार इरानी तेल ट्याङ्करहरू र खाडी तटमा रहेको मुख्य तेल टर्मिनल खार्ग टापु नजिकै अर्को ट्याङ्करलाई निशाना बनाइएको छ।
त्यसको जबाफमा तेहरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो तर जोर्डनले इरानका २० मध्ये १८ क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट खसालिएको बताएको थियो।
अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गत साता दुई देशबीच जस्तालाई तस्तै शैलीमा आक्रमण तीव्र भएको हो।
एसियाको सुरुवाती कारोबारमा तेलको मूल्य बढेको छ। बेन्चमार्क ब्रेन्ट क्रूड १.५ प्रतिशतले बढेर ९९.४१ डलर प्रति ब्यारलमा पुगेको थियो जबकि अमेरिकी कारोबार गरिएको तेल १.६ प्रतिशतले बढेर ९५.५५ डलरमा पुगेको थियो।
जोर्डनको सशस्त्र फौजका एक प्रवक्ताका अनुसार इरानले जोर्डनतर्फ प्रहार गरेको क्षेप्यास्त्रमध्ये दुईवटा कम मानिस बसोबास गर्ने क्षेत्रमा खसेका थिए।
तुरुन्त बन्दरगाह छोड्न आग्रह
इरानले थप जबाफी हमलाको चेतावनी दिएको छ। उसले कुवेत र बाहरेनको बन्दरगाह नजिकै अमेरिकासँग सम्बन्धित ट्याङ्करका चालक दललाई "उनीहरूका जहाजहरूलाई निशाना बनाइने भन्दै तुरुन्त बन्दरगाह छोड्न आग्रह गरेको छ।"
इरानले अमेरिकी युद्धपोतलाई बलिस्टिक क्षेप्यास्त्र प्रहार गरी निशाना बनाएपछि पछिल्लो चरण तनाव बढेको हो। आक्रमणका क्रममा कुनै पनि अमेरिकी सैनिकलाई क्षति नपुगेको बताइएको छ।
यसको जबाफमा अमेरिकाले इरानले निशाना बनाएका पाँचवटा तेल ट्याङ्करहरू "अर्बौँ डलरको छाया सञ्जालको हिस्सा भएको बताएको छ जसले आईआरजीसी र यसका क्षेत्रीय प्रतिनिधिहरूलाई आर्थिक सहयोग गर्छ।"
देशको करिब ९० प्रतिशत कच्चा तेल खर्ग टापु हुँदै जान्छ जुन मूख्य भूमिबाट पाइपहरूमार्फत् ढुवानी गरिन्छ।
क्षेत्रीय स्तरमा भएका अस्थिरताका कारण तेलको मूल्यमा दबाव बढेको छ।
अमेरिका र इरानबीचको पछिल्लो आक्रमणबारे पत्रकारहरूले सोध्दा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले स्थिति "एकदमै स्पष्ट" भएको बताए।
"इरानले अमेरिकी नौ सैनिक जहाजमाथि आक्रमण गर्ने प्रयास जारी राखेको छ। प्रत्येक पटक जब उनीहरूले त्यसो गर्छन् वा त्यसो गर्ने प्रयास गर्छन् उनीहरूले ट्याङ्करहरू गुमाउने छन्। र मलाई लाग्छ कि तपाईँले आज फेरि त्यो देख्नुहुने छ," रुबियोले कोलम्बियामा संवाददाताहरूसँग भने।
इरानको नौसेनाले स्ट्रेट अफ होर्मुजबाट मानवरहित अमेरिकी पनडुब्बी नियन्त्रणमा लिएको दाबी गरेको केही घण्टापछि अमेरिकी सेनाले आक्रमण गरेको हो।
सेन्टकमका प्रवक्ता तथा अमेरिकी नौसेनाका कप्तान टिम हकिन्सले भने, "अमेरिकी सेनाले सञ्चालन गरेको पानीमुनि रहेको ड्रोन एक दिनअघि बिग्रिएको थियो र यसलाई क्षेत्रीय जलक्षेत्रको सर्वेक्षणका लागि प्रयोग गरिएको थियो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।