यूकेमा किन चाँडो प्रधानमन्त्री फेरिन्छन्?

यूकेमा किन चाँडो प्रधानमन्त्री फेरिन्छन्?
Published

संयुक्त अधिराज्यमा सन् १७२१ यता ५८ जना प्रधानमन्त्रीले सरकारको नेतृत्व गरेका छन्।

तीमध्ये केहीले निर्वाचनमा पराजय भोगेपछि पद छोडेका छन् भने अधिकांश प्रधानमन्त्रीले आआफ्ना पार्टी भित्रैको दबावमा परेर राजीनामा दिएका छन्। केही प्रधानमन्त्रीको मृत्यु पदमा हुँदा नै भएको छ।

भर्खरै किअर स्टार्मरले राजीनामा दिएपछि ब्रिटेनमा एक दशकको अवधिमा छ प्रधानमन्त्री फेरिएका छन् र अब सातौँ व्यक्ति नयाँ प्रधानमन्त्री बन्ने ठानिएको छ।

यूकेको आधुनिक राजनीतिमा यति चाँडो प्रधानमन्त्री फेरिनुलाई अस्वाभाविक मानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।