BBC News, नेपाली - होमपेज
मुख्य समाचार
रसुवा बाढीको बाह्रौँ दिन: पुरिएका घर र जलविद्युत् सुरुङमा खोजकार्य केन्द्रित, बेपत्ताको सङ्ख्या 'घटाइयो'
लगातार दुई दिन शुक्रवार र शनिवार सुरुङभित्रबाट सकशल उद्धार र एघारौँ दिन समेत पुरिएको घरबाट जीवितै व्यक्तिको उद्धार गर्न सकेपछि त्यस क्षेत्रमा आइतवार थप प्रयास केन्द्रीत रहेको सुरक्षा निकायहरूले बताएका छन्
पुनर्निर्माणमा '६ अर्ब डलरसम्म लाग्ने', कसले कति सहयोग गर्दै
बाढीले पुर्याएको क्षतिको स्पष्ट विवरण आउन बाँकी नै छ। तर आगामी दिनमा सबल पुनर्निर्माण गर्न पुगेको क्षतिभन्दा धेरै खर्च लाग्ने नेपाली अधिकारीहरूको अनुमान छ।
भिडिओ, 'सानो भए पनि ठूलो भए पनि घरै थियो, लगिहाल्यो : मन आत्तिएको छ', समयावधि 1,33
विध्वंशकारी बाढीले घरबारविहीन बनाएपछि अहिले होल्डिङ सेन्टरमा बसिरहेका पीडितहरू भोलि के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको बताउँछन्।
रसुवागढी र तातोपानी नाका ठप्प हुँदा कोरलामा चाप, सामानको मूल्य 'बढ्न सक्ने'
यसअघि सबैभन्दा कम व्यस्त रहने गरेको कोरला नाका रसुवागढी र तातोपानी ठप्प भएसँगै अहिले चीनसँगको व्यापारका लागि एकमात्र सञ्चालनमा रहेको नाका बन्न पुगेको छ
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
मूलतः तामाङ समुदायको बसोबास रहेको गत्लाङवासीलाई परिवारका सदस्य हराइरहेको पीडा त छँदै छ, तर बाढीसँगै गाउँको सडकसम्पर्क टुटेपछि छुट्टै चिन्ता थपिएको छ।
माथिल्लो त्रिशूली १ को सुरुङमा फसेका चिनियाँ कामदार र बेत्रावतीको घरबाट एक महिलाको जीवितै उद्धार
भदौ १० गतेको बाढीका कारण प्रभावित प्रभावित जलविद्युत् आयोजनाको सुरुङबाट एक र बेत्रावतीमा ढलेको एउटा चारतल्ले घरबाट एक गरी कुल दुई जनालाई शनिवार जीवितै उद्धार गरिएको छ।
'घर पनि लग्यो, व्यवसाय पनि लग्यो': बाढीका कारण विस्थापित भएकाहरूलाई भविष्यको चिन्ता
अकस्मात् आएको विनाशकारी बाढीले अस्तव्यस्त बनेको जनजीवनलाई अब कसरी सम्हाल्ने भन्ने चिन्ताले पीडितहरू पिरोलिएका छन्।
भिडिओ, बाढीले 'बगाएर लडाइदिएको' घरमा जीवितै फेला परिन् चण्डिका श्रेष्ठ, समयावधि 0,16
नुवाकोटको बेत्रावती बजारस्थित एउटा घरमा एक महिला जीवितै फेला परेकी र उनलाई उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
भिडिओ, सुरुङबाट यसरी गरियो चिनियाँ कामदारको उद्धार, समयावधि 0,22
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १को अडिट ४ टनलबाट एक चिनियाँ कामदारको शनिवार जीवितै उद्धार गरिएको छ।
अनि यो पनि
भिडिओ, बाढीपछिको अवस्थामा खानेपानीलाई कसरी पिउन योग्य बनाउने?, समयावधि 0,58
पानीलाई कसरी गुणस्तरीय खानेपानी बनाउन सकिन्छ भन्नेबारे विश्व स्वास्थ्य सङ्गठनले सात उपाय सुझाएको छ।
भिडिओ, बाढीले बिगार गरेका ठाउँमा अब सुरक्षित रहने तरिका
बाढीग्रस्त स्थानमा अनेकौँ खतरा छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यहाँ सुरक्षित रहन केही उपायहरू सुझाएको छ।
सुरुङबाट जीवितै उद्धार गरिएकाहरूका आफन्त खुसी, ५ हजारभन्दा बढी अझै बेपत्ता
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको नौ दिनपछि त्रिशूली ३एको सुरुङमा फसेका दुई जनाको आज जीवितै उद्धार गरिएको छ। भित्र अरू मानिस खोज्ने प्रयास जारी राखिएको अधिकारीहरूले बताएका छन्।
'विज्ञहरूको रायविपरीत बोल्ड निर्णय': कृष्णभीरमा भित्तो काटेर बाटो खोलिँदै
कृष्णभीरमा बाटो अवरुद्ध हुँदा काठमाण्डू र धादिङबाट चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने यातायात ठप्प छ।
भिडिओ, उद्धारमा संलग्न पाइलटका आँखामा बाढीपछिको अवस्था, समयावधि 8,15
भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धारमा संलग्न हुँदा आफू भावुक बन्न पुगेको एक हेलिकप्टर चालकले बताएका छन्।
काठमाण्डूमा 'कृत्रिम' मूल्यवृद्धि, अनुगमन बढाइएको सरकारको भनाइ
राजधानी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि काठमाण्डूमा विभिन्न उपभोग्य वस्तुमा कृत्रिम अभाव तथा मूल्यवृद्धि गराइएको गुनासो आएका छन्।
बाढीपछि शिविरमा रहेका महिला र बालबालिकाको सुरक्षा र सहयोगका लागि सरकारले के गर्दै छ?
प्रहरीको तथ्याङ्क अनुसार अहिले प्रभावित जिल्लाका विभिन्न होल्डिङ सेन्टरमा ३,१२६ जना मानिसहरू रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत महिला रहेको प्रहरीले जनाएको छ।
थप समाचार
बीबीसी विशेष
विपद्का बेला मनोसामाजिक र मानसिक स्वास्थ्यबारे थाहा पाउनुपर्ने कुरा
बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्पछिको आपत्कालीन अवस्थाहरूमा प्राय: सबै व्यक्तिले मानसिक तनाव र सामाजिक अस्थिरता अनुभव गर्ने भन्दै सहायताका लागि सरकारले सेवा दिइरहेको अधिकारीहरूले बताएका छन्।
परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थाले, धर्मगुरु र मनोविद् के भन्छन्?
भोटेकोशी-त्रिशूली बाढीमा परेकाको अन्तिम संस्कार गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा कतिपयले 'परिवारजनले अनावश्यक हतार गरेको' वा 'केही दिनसमेत कुर्न नसकेको' टिप्पणी गरे पनि धर्मशास्त्रीहरू भने त्यस्ता कार्य धर्मशास्त्रअनुकूल नै रहेको बताउँछन्।
'हेलिकप्टर पठायौँ तर कोही फेला परेन': बाढीपछि उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल
सामान्यतया राजनीतिक हिंसा वा प्रदर्शन, हवाईजहाज दुर्घटना तथा प्राकृतिक विपद्का बेला भ्रामक सूचनाहरू अधिक फैलिन्छन्। अहिलेको अवस्था कस्तो छ?
रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम
साँघुरो हवाईमार्ग, पाइलटहरूबीचकै आपसी समन्वयको भर र संवेदनशील मानवीय सङ्कटमाझ रसुवा बाढीपछिको उद्धार र राहतकार्यमा हे लिकप्टर पाइलटहरूको भूमिका कस्तो छ?
४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज
बाढीले पुल बगाएका स्थानमा अधिकारीहरूले कतै तत्काल बेलिब्रिज जडानको प्रक्रिया सुरु गरेका छन् भने कतै अझै विभिन्न विकल्प हेरिरहेका बताएका छन्।
बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?
भोटेकोशी-त्रिशूली बाढीमा सयौँ निजी घर र सरकारी कार्यालयहरू बगेका छन्, त्यससँगै नष्ट भएका नागरिकका सरकारी कागजातहरू फेरि बनाउन कति सहज हुन्छ?
जलविद्युत् आयोजनाका सुरुङ किन 'जोखिम'मा हुन्छन्?
रसुवा बाढीपछिको मुख्य उद्धार प्रयास हाल सुरुङमा केन्द्रित रहँदा अधिकारी तथा विज्ञहरूले जलविद्युत् सुरुङभित्रको जटिलताबारे बीबीसीसँग कुरा गरेका छन्।
चार जनाको सूचना जसले ९०० स्कूले विद्यार्थी बचाउन सघायो
बाढी आउँदा कक्षा ८ देखि १२ सम्मका ९०० जनाभन्दा धेरै विद्यार्थी त्रिभुवन त्रिशूली विद्यालयमा थिए। त्यस बेला विद्यालयमा करिब ३० जना शिक्षक र कर्मचारी थिए। दोस्रो सत्रका लागि थप विद्यार्थी लिएर दुईवटा बसहरू विद्यालयतर्फ फर्कँदै थिए।
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।





















































