बाढीमा हराएकाहरूको डीएनए पहिचान र मृत घोषणा प्रक्रिया कहाँ पुग्यो
भोटेकोशी र तल त्रिशूली नदीमा विनाशकारी बाढी आएको तीन महिना पुगेको छ।
उक्त विपद्मा परेका हजारौँ मानिसको अवस्था अझै अज्ञात छ। रसुवादेखि भारतसम्म फेला परेका सयौँ शव तथा अङ्गबाट डीएनएको नमुना सङ्कलन गरेर मृतकको पहिचान गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
परीक्षणका लागि हराएका मानिसका निकटका नातेदारको पनि नमुना सङ्कलन गरिएको छ।
डीएनए परीक्षण कसरी हुँदै छ? अनि यो काम कहिले सम्पन्न हुन्छ? मृतकका परिवारले पाउने राहतको व्यवस्था के छ र हराएका मानिसलाई मृत घोषणा गर्ने प्रक्रिया कहाँ पुग्यो?
'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीसँग कुराकानी गरेर यी प्रश्नहरूको उत्तर खोजेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।