अमेरिकामा दोस्रो विश्वयुद्धपछि पहिलो पटक सामूहिक गोली हानेर मृत्युदण्ड दिइँदै
संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक मनोचिकित्सकलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने त्यहाँको रक्षा मन्त्रालय 'पेन्टागन'ले बताएको छ।
दोस्रो विश्वयुद्धपछि अमेरिकामा पहिलो पटक त्यसरी मृत्युदण्ड दिन लागिएको हो।
अमेरिकी सेनाका मनोचिकित्सक निदाल हसनले सन् २००९ मा फोर्ट हूडमा गोली चलाउँदा १३ जना निःशस्त्र सैनिकको ज्यान गएको थियो। घटनामा अन्य ३२ जना घाइते भएका थिए।
अदालतमा बयान दिँदै हसनले आफूले गोली हानेको स्वीकार गरेका थिए।
सेनाका अनुसार आगामी ३ डिसेम्बरमा मृत्युदण्डको सजाय कार्यान्वयन हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



