टर्की भूकम्प: दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियामा यसरी हुँदैछ खोजी र उद्धार

पहिलो भूकम्पको केन्द्रबिन्दुको पूर्वोत्तर टर्कीको दियार्बाकरमा भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्दा एक व्यक्तिले दिएको प्रतिक्रिया
तस्बिरको क्याप्शन, पहिलो भूकम्पको केन्द्रबिन्दुको पूर्वोत्तर टर्कीको दियार्बाकरमा भग्नावशेषमा बाँचेकाहरूको खोजी भइरहेको छ
Published

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण बिहीवार बिहानसम्म ,१५,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।

दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धारकार्य जारी छ। मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ।

टर्कीमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यस बेला मानिसहरू सुतिरहेका थिए।

त्यसपछि दर्जनौँ परकम्पहरू गए।

पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो।

भूकम्पमा घाइते भएकाहरू

सिरियाको विद्रोही नियन्त्रित बाब अल-हवा क्रशिङबाट टर्की जाने बाटोनजिकै अवस्थित अस्पतालमा सोमवार बिहान गएको भूकम्पमा घाइते भएका मानिसहरू उपचारका लागि पुगेका थिए।

उद्धार कार्य

टर्की र सिरियामा सयौँ भवनहरू भत्किएपछि भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन उद्धारकर्ताहरू लागिरहेका छन्।

उद्धार कार्य

भत्किएको भवनको भग्नावशेषबाट बाहिर निकालेपछि उद्धारकर्मीले एक तीनवर्षे बालिकालाई एम्बुलेन्सतिर लैँजादै गर्दाको दृश्य। टर्कीका राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रमा तत्कालै उद्धार तथा खोजीका लागि टोली पठाइएको बताएका छन्।

उद्धार कार्य

भूकम्पको मारमा पशुपन्छी पनि परेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भत्किएको भवनको भग्नावशेषबाट एक बालिकाको यसरी जीवितै उद्धार गरियो
उद्धार कार्य

उक्त भूकम्प टर्की र सिरियाबाहेक लेबनन, साइप्रस र इजरेलमा पनि महसुस भएको थियो। पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियान्टेप सहरनजिकै थियो।

भग्नावशेष

गाजियान्टेपको उत्तरपूर्वस्थित दियार्बाकरमा धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए।

उद्धार कार्य

यो आकाशबाट खिचिएको दृश्यले टर्कीको एडनाको कुकुरोभा जिल्लामा एउटा भवनको भग्नावशेषमा खोजी तथा उद्धार कार्य भइरहेको देखाउँछ।

थिचिएका कारहरू

गाजियान्टेपको उत्तरपूर्वस्थित मलाट्यामा भत्किएका भवनमा थिचिएर कारहरू चकनाचुर भएका थिए।

भत्किएको भवन हेर्दै एक महिला

इजरेल र अमेरिकासहित विश्वभरिबाट सहयोगको प्रस्ताव गरिएको छ।

दाताहरूले सहायता सामग्री र जनशक्ति पठाउन तयार रहेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टर्कीमा केही नेपाली विद्यार्थी र कामदारहरू पनि फसेका छन्
रेड लाइन

यो पनि पढ्नुहोस्

रेड लाइन