तस्बिर: संसारको सबैभन्दा गहिरो ताल पार गर्दा

लेक बैकालमा रहेको बरफ
Published

संसारको सबैभन्दा गहिरो बैकाल तालको किनारै किनार अद्भुत दृश्यहरू देख्न पाइन्छ। र, जमेको तालमा हिउँदे यात्रा झन् झन् लोकप्रिय बन्दै गइरहेको छ।

धरमर धरमर हुँदै ओलेग बोल्डीरेभले विभिन्न रङ्गको देखिने बरफमा हिँडे र गुडे।

बैकाल तालमा ठिङ्ग उभिएको रुख
तस्बिरको क्याप्शन, यो विशाल तालको वातावरणको आफ्नै विशेषता छ। बैकाल वरिपरि पूर्वी साइबेरियाको अन्यत्रभन्दा केही ढिलो गरी हिउँद शुरू हुन्छ। डिसेम्बरको अन्त्यतिर यो ताल जम्छ तर त्यहाँ मध्य ज्यानुअरी नहुन्जेल निकै थोरै हिउँ पर्छ
कोभिड प्रतिबन्ध नभएका बेला तालको बीचमा रहेको टापु ओल्खन पर्यटकहरूको मुख्य गन्तव्य हो।
तस्बिरको क्याप्शन, कोभिड प्रतिबन्ध नभएका बेला तालको बीचमा रहेको टापु ओल्खन पर्यटकहरूको मुख्य गन्तव्य हो।
Close up of a man's shoes stood on frozen lake
तस्बिरको क्याप्शन, छिटै हिउँ जमेर त्यसमाथि हिँड्न मिल्ने हुन्छ। र हलुका कार गुडाउन पनि मिल्छ। फेब्रुअरी महिनामा बरफ जमेको मोटाइको आधारमा छोटो समयका लागि मुख्य भूमिबाट ओलखनसम्मको बरफी सडक खुल्छ।
बरफका तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएका छन्।
तस्बिरको क्याप्शन, बरफका तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएका छन्।
स्केटिङ पनि उत्तिकै लोकप्रिय छ।
तस्बिरको क्याप्शन, स्केटिङ पनि उत्तिकै लोकप्रिय छ।
साइकलबाट पनि यो जमेको विशाल क्षेत्र घुम्न मिल्छ
तस्बिरको क्याप्शन, साइकलबाट पनि यो जमेको विशाल क्षेत्र घुम्न मिल्छ
कागज जस्तै पातला र चट्टानजस्ता गह्रुँगा तह सतहमा उत्पन्न हुन सक्छन्।
तस्बिरको क्याप्शन, बरफ कहिले पनि स्थिर हुँदैन। विशाल चापले चिराहरू पर्ने गर्छन्। कागज जस्तै पातला र चट्टानजस्ता गह्रुँगा तह सतहमा उत्पन्न हुन सक्छन्।
बैकल ताल असाध्यै निर्मल पानीका लागि प्रख्यात छ
तस्बिरको क्याप्शन, बैकाल ताल असाध्यै निर्मल पानीका लागि प्रख्यात छ
ताल
तस्बिरको क्याप्शन, यसले सयौँ प्रकारका विभिन्न तह परेका चिरा र बबलहरू बनाउँछ
जमेका बरफ
तस्बिरको क्याप्शन, ढुङ्ग्यानहरूमा हिउँदले थरी थरीका बरफका आकार पैदा गर्छ

सबै तस्बिरहरू ओलेग बोल्डीरेभको सौजन्यमा