क्रिसमस: कतै प्रार्थनासभा, कतै गैँडालाई उपहार - तस्बिरमा हेर्नुहोस् रमझम

Published

डिसेम्बर २५ मा इसाई धर्मावलम्बीको पवित्र चाड क्रिसमस विश्वभरि मनाइँदैछ। तर कोरोनाभाइरसको महामारीका कारण लगातार दोस्रो वर्ष गिर्जाघर जाने मानिसको सङ्ख्या कम देखिएको छ।

भेनेजुएलामा परम्परागत खानेकुरा बाँड्दै एक स्वयंसेवक
तस्बिरको क्याप्शन, भेनेजुएलामा घरविहीन मानिसलाई परम्परागत खानेकुरा बाँड्दै एक स्वयंसेवक
अमेरिकी राष्ट्रपति जो बाइडन र प्रथम अमेरिकी महिला जील बाइडन आफ्नो कुकुरसहित क्रिसमसको एउटा भर्चुअल समारोहमा सहभागी भए
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति जो बाइडन र प्रथम अमेरिकी महिला जील बाइडन आफ्नो कुकुरसहित क्रिसमसको एउटा भर्चुअल समारोहमा सहभागी भए
यूकेमा चिसो नदीमा नुहाउँदै मानिसहरू
तस्बिरको क्याप्शन, यूकेमा चिसो नदीमा नुहाउँदै मानिसहरू
कोसोभोमा बालबालिकाहरू एउटा चर्चमा क्रिसमसको गीत गाउँदै
तस्बिरको क्याप्शन, कोसोभोमा बालबालिकाहरू एउटा चर्चमा क्रिसमसको गीत गाउँदै
पाकिस्तानको पेसावरमा सेल्फी खिच्दै युवतीहरू
तस्बिरको क्याप्शन, पाकिस्तानको पेसावरमा सेल्फी खिच्दै युवतीहरू
कर्णालीमा क्रिसमस
तस्बिरको क्याप्शन, कर्णालीमा क्रिसमस: सुर्खेतमा आयोजन गरिएको क्रिसमस भेला
ताइवानको ताइपेईमा पर्यटक र स्थानीय बासिन्दामाझ लोकप्रिय एउटा पुलमा क्रिसमसका लागि गरिएको सजावट 
तस्बिरको क्याप्शन, ताइवानको ताइपेईमा पर्यटक र स्थानीय बासिन्दामाझ लोकप्रिय एउटा पुललाई क्रिसमसका लागि सजाइएको छ
केन्याको नैरोबीस्थित गिर्जाघरमा प्रार्थना गर्दै इसाई ननहरू
तस्बिरको क्याप्शन, केन्याको नैरोबीस्थित गिर्जाघरमा प्रार्थना इसाई ननहरूले क्रिसमसको पूर्वसन्ध्यामा प्रार्थना गरेका छन्
पाकिस्तानको कराचीमा रहेको सेन्ट चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनामा स्थानीय ईसाई परिवारका सदस्य सहभागी भए
तस्बिरको क्याप्शन, पाकिस्तानको कराचीमा रहेको सेन्ट चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनामा स्थानीय ईसाई परिवारका सदस्य सहभागी भए
टर्की
तस्बिरको क्याप्शन, टर्कीको इस्तानबुलमा मैनबत्ती बालेर प्रार्थना गर्दै मानिसहरूले प्रार्थना गरे
बाइबलमा जीजसको जन्मस्थान भनी चर्चा गरिएको प्यालेस्टिनको बेथ्लेहम सहरमा अवस्थित एउटा गिर्जाघरमा मध्यरातमा आयोजित प्रार्थनासभा
तस्बिरको क्याप्शन, बाइबलमा जीजसको जन्मस्थान भनी चर्चा गरिएको प्यालस्टिनको बेथ्लेहम सहरमा अवस्थित एउटा गिर्जाघरमा मध्यरातमा आयोजित प्रार्थनासभा गरियो
पोप फ्रान्सिस
तस्बिरको क्याप्शन, भ्याटिकनमा त्यस्तै सभाको अध्यक्षता गर्दै पोप फ्रान्सिस। कोभिडसम्बन्धी प्रतिबन्धका कारण उक्त प्रार्थनासभा निर्धारित समयभन्दा अगाडि नै गरिएको थियो
उत्तरी इराकको स्वायत्त कुर्द क्षेत्रमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रम
तस्बिरको क्याप्शन, उत्तरी इराकको स्वायत्त कुर्द क्षेत्रमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बालिबालिका पनि सहभागी भए
भारत क्रिसमस
तस्बिरको क्याप्शन, पूर्वी भारतस्थित उडिसा राज्यमा बङ्गालको खाडीमा बालुवाबाट एक कलाकारले सान्टा क्लजको भव्य आकृति बनाएका छन्
न्यूजील्यण्ड
तस्बिरको क्याप्शन, न्यूजील्यान्डको क्राइस्टचर्चभन्दा बाहिर पर्ने ओराना वन्यजन्तु उद्यानमा उपहारसँग रमाउँदै एउटा गैँडा
ब्रिटेनको लन्डनस्थित यो पब एउटा भव्य क्रिसमस खेलौना जस्तो देखिएको छ
तस्बिरको क्याप्शन, ब्रिटेनको लन्डनस्थित यो पब एउटा भव्य क्रिसमस खेलौना जस्तो देखिएको छ
ब्रजिलमा पानीको एउटा विशाल ट्याङ्कभित्र सान्टा क्लजको भेषधारण गरेका मानिसहरू सर्वसाधारणलाई अभिवादन गर्दै
तस्बिरको क्याप्शन, ब्रजिलमा पानीको एउटा विशाल ट्याङ्कभित्र सान्टा क्लजको भेषधारण गरेका मानिसहरू सर्वसाधारणलाई अभिवादन गर्दै

सबै तस्बिरको सर्वाधिकार सुरक्षित