क्यानडा चुनाव: प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन

ट्रुडो

तस्बिर स्रोत, Reuters

Published

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गरेका छन्।

उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको सीबीसीले जनाएको छ।

केहीबेरअघि उनी आफ्नो गृह जिल्ला पुगेका थिए। त्यस क्रममा उनले संवाददाताहरूलाई आफूले ''पापीनोका उत्कृष्ट सांसदलाई'' मत दिएको बताएका थिए।

प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन्।

यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए।

सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन्।