ओशन फोटोग्राफर अफ द यीअर २०२१: साना माछाहरूले घेरिएको हरियो समुद्री कछुवा

हरियो समुद्री कछुवा
Published

ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ।

उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्।

ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ।

स्कटल्यान्डको शेटल्यान्ड द्वीपमा ग्यानेट चराहरू

हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा गोता हान्दै गरेको ग्यानट चराको तस्बिरले प्रतियोगितामा द्वितीय स्थान पायो ।

कछुवाको बच्चा

म्याटी स्मिथले खिचेको समुद्रबाट पहिलो पटक बाहिर जान लागेको हक्सबिल जातको कछुवाको बच्चा तस्बिर तेस्रो भयो।

A blacktip reef shark - Carcharhinus melanopterus - lines its dorsal fin up with the setting sun in French Polynesia

समुद्री संसारको तस्बिर खिच्ने महिलाका लागि प्रेरणा दिन स्थापित फिमेल फिफ्टी फ्याथम्स अवार्ड लस एन्जलिसमा बस्ने फोटोग्राफर तथा जीवविज्ञान शिक्षिका रेनी क्यापोजोलाले हात पारिन्।

उनले फ्रेन्च पोलिनेशियामा सूर्यास्तको बेला ब्ल्याकटिप रीफ शार्कको तस्बिर खिचेकी थिइन्।

यङ ओशन फोटोग्राफर अफ द यीअहरको उपाधि हाना ले लिऊले हात पारिन्।

उनले हरियो समुद्री कछुवाको बच्चा पानीभित्रबाट माथितिर आइरहेको बेला भोका चराहरू आकाशमा घुमिरहेको दृश्य अस्ट्रेलियाको हेरन द्वीपमा खिचेकी थिइन्।

कछुवाको बच्चा र भोका चराहरू

सबै तस्बिरको सर्वाधिकार सुरक्षित