समुद्री आँधी आइडाः अमेरिकाको न्यूओर्लिअन्स सहरमा लाखौँ मानिस प्रभावित

Published

अमेरिकाको लुइजियाना राज्य अहिलेसम्म आएका सर्वाधिक शक्तिशालीमध्येको एउटा समुद्री आँधीको प्रकोपमा परेको छ।

आइडा आँधीले तटीय क्षेत्र डुबाएको छ भने न्यूओर्लिअन्स सहरमा झन्डै १० लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

मौसमविद्हरूले आइडा अहिले केही क्षीण भएको बताएका छन्।

Transparent line
अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट आइतवार युरोपेली अन्तरिक्षयात्री थोमस पेस्क्वेटले लिएको तस्बिरमा देखिएको आइडा आँधी
तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट आइतवार युरोपेली अन्तरिक्षयात्री थोमस पेस्क्वेटले खिचिएको तस्बिरमा देखिएको आइडा आँधी
लुइजियानामा आँधीको प्रभाव
तस्बिरको क्याप्शन, भूमिमा बजारिँदा समुद्री आँधीको वेग २४० किलोमिटर प्रतिघण्टा थियो
न्यूअर्लियन्स सहरको एउटा सडकमा आँधीबीच हिँडिरहेका मानिसहरू
तस्बिरको क्याप्शन, आँधी आएकै बेला न्यूओर्लियन्स सहरको एउटा सडकमा हिँडिरहेका मानिसहरू

सन् २००५ मा विनाशकारी समुद्री आँधी क्याट्रिनाका कारण न्यूओर्लिअन्समा १,८०० जनाको मृत्यु भएको थियो।

यो आँधीले त्यसपछि त्यहाँ बाढी रोक्न बनाइएको संरचनाको परीक्षण गर्ने ठानिएको छ।

आँधीको समाचार बनाइरहेका सञ्चारकर्मीहरू
तस्बिरको क्याप्शन, आँधीको समाचार बनाइरहेका सञ्चारकर्मीहरू
न्यूअर्लियन्स सहरको एउटा घरको छाना खसेको छ
तस्बिरको क्याप्शन, न्यूओर्लिअन्स सहरको एउटा घरको छाना खसेको छ
दक्षिणी लुइजियनामा सडकमा ढलेको रुख हटाउँदै अधिकारीहरू
तस्बिरको क्याप्शन, दक्षिणी लुइजियानामा रूख ढल्दा सडकहरू अवरुद्ध भएका थिए
न्यूओर्लिअन्समा आँधीबाट जोगिन शनिवार तयारी गर्दै स्थानीय बासिन्दाहरू
तस्बिरको क्याप्शन, न्यूओर्लिअन्समा आँधीबाट जोगिन शनिवार तयारी गर्दै स्थानीय बासिन्दाहरू
न्यूअर्लियन्समा आफ्नो नाति र कुकुरसँग एक महिला
तस्बिरको क्याप्शन, न्यूअर्लियन्समा आफ्नो नाति र कुकुरसँग एक महिला

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छन्।