अफगानिस्तानका राजदूतकी छोरी पाकिस्तानमा अपहरित र 'चरम यातना' दिइएको आरोप

पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखेलकी छोरी सिलसिला अलिखेल
तस्बिरको क्याप्शन, पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखेलकी छोरी सिलसिला अलिखेल
Published
पढ्ने समय: २ मिनेट

पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन्।

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई 'चरम यातना' दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ।

दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए। 

अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

राजदूत नजिब अलिखिलले 'अमानवीय आक्रमण'को भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था 'ठीक हुँदै गएको'बताए।

पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिल
तस्बिरको क्याप्शन, पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिलले 'अमानवीय आक्रमण'को भर्त्सना गरेका छन्

सुरक्षा माग

अफगानी विदेश मन्त्रालयले आफ्नो 'गम्भीर चिन्ता' व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ। 

पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन्।

अफगानिस्तानमा हिंसा बढिरहेका बेला पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ। 

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। 

तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो।'

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११ सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ।

अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन्।

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ।