क्यानडा लीटन: अत्यधिक गर्मी बढेको गाउँमा डढेलो

लीटन गाउँमा बुधवार देखिएको डढेलो
Published
पढ्ने समय: २ मिनेट

एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन्।

ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको उनले बताएका हुन्।

लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि बीबीसीसँग "जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको" बताएका छन्।

"लीटनको धेरै क्षेत्र बाँकी रहने छैन," उनले भने। "जताततै डढेलो लागेको छ।"

बीबीसीको न्यूजआवर कार्यक्रममा बोल्दै पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताएका हुन्।

यसअघि उनले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताएका थिए।

यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए।

पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो। सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो।

प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन्। विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो।

त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन्।

लीटनमा के भएको थियो?

धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीय बासिन्दाहरू आफ्ना सामानहरू बिना नै त्यहाँबाट अन्यत्र सरेका थिए।

उक्त गाउँमा करिब २५० जना मानिस बस्छन् र त्यो भ्यानकुभरभन्दा २६० किलोमिटर टाढा उत्तर-पूर्वमा पर्छ।

"१५ मिनेटमा पुरै गाउँलाई डढेलोले ढाकेको थियो," मेयर पोल्डरम्यानले बीबीसीसँग भने।

"मानिसहरूले आफ्ना घरपालुवा जनावर च्यापे, घरको साँचो लिए र कारमा चढेर अन्यत्र गए।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

1px transparent line

सीबीसीकी मौसमविद् जोआना वाग्स्टाफले बुधवार साँझ ७१ किलोमिटर प्रतिघण्टाको हावाको बेग समुदायतर्फ आएको बताएकी छन्।

तातो, सुख्खा र तीव्र हावाको उक्त अवस्थामा उक्त क्षेत्रमा आगो प्रतिघण्टा १० देखि २० किलोमिटरको वेगमा रहनसक्छ।

डढेलो
तस्बिरको क्याप्शन, लीटनमा तीव्र गतिमा डढेलो लागपछि मानिसहरू आफ्ना सामान बिना नै घर छोडेर अन्यत्र गएका थिए

उक्त गाउँमा बस्ने बासिन्दाहरूलाई नजिकैका समुदायहरूमा जान सुझाइएको थियो जहाँ बस्ने केन्द्रहरू बनाइँदै थियो।

ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण गर्ने निकायले भने अन्य क्षेत्रलाई पनि आफ्ना सदस्यहरूलाई उपकरणसहित प्रभावित क्षेत्रमा अग्नि नियन्त्रणका लागि पठाउन भनेको छ।