भ्यान गखको प्यारिस चित्रकला पहिलो पटक सार्वजनिक प्रदर्शनीमा

त्यसबेला मोँमार्ट्र अर्ध-ग्रामीण अवस्थामा थियो।
तस्बिरको क्याप्शन, त्यसबेला मोँमार्ट्र अर्ध-ग्रामीण अवस्थामा थियो
Published

एक सय वर्षभन्दा बढी समयदेखि बन्द कोठामा रहेपछि पहिलो पटक भिन्सन्ट भ्यान गखको प्यारिसको सडकको दृश्यको चित्र प्रदर्शनीमा गएको छ।

मोँमार्ट्र सडकको दृश्यको चित्र सन् १८८७ मा बनाइएको थियो। त्यसबेलादेखि नै उक्त चित्र एउटा फ्रान्सेली परिवारको निजी सङ्ग्रहमा रहेको थियो।

लिलामी कम्पनी सदबिजले आगामी महिना गरिने लिलाम बढाबढमा ८० लाख युरो पाउने अनुमान लगाएको छ।

भ्यान गख
तस्बिरको क्याप्शन, भ्यान गखको व्यक्तिगत शैली दर्शाउने दुई बालबालिका

बीबीसीकी लुसी विलियमसन भन्छिन्, त्यति मूल्यमा बेच्ने हो भने त त्यो 'पर्ने भन्दा कम'मा नै पाएको हुनेछ।

उनले भनिन्, "यो आज बिहानै कोरिएको जस्तो छ। एकदमै अभूतपूर्व काम! यसको रङ निकै चम्किलो छ।"

भान गग
तस्बिरको क्याप्शन, चित्रमा देखिने विन्डमिल

उक्त चित्रलाई बिक्रीअघि सदबीजका प्यारिस, आम्स्टडम र हङ्कङका लिलामीघरहरूमा प्रदर्शनीमा राखिनेछ।

यो भ्यान गखका रचनाहरूको श्रृङ्खलामध्येको एक हो। उनले सन् १८८६ र १९८७ मा फ्रान्सको राजधानी प्यारिसमा आफ्नो दाजुसँग बसेका बेला यो चित्र कोरेका थिए।

भ्यान गख
तस्बिरको क्याप्शन, भ्यान गखले प्यारिसमा दुई वर्ष बिताएका थिए

त्यसबेला मोँमार्ट्र अर्ध-ग्रामीण अवस्थामा थियो। उक्त चित्रमा त्यहाँको विन्डमिल र त्यसको वरपर स्थानीय मानिसहरू टहलाइरहेको देखाइएको छ।

सदबिज्‌का अनुसार उक्त चित्र उसको क्याटलगमा देखाइएको भए पनि हालसम्म कहिल्यै पनि सार्वजनिक प्रदर्शनमा ल्याइएको थिएन।

भान गग

"यस्तोखाले चरित्रको मूर्त श्रृङ्खला विवादरहित रूपमा प्रमुख घटना हो" उसले भनेको छ।

उक्त क्षेत्रमा अहिले प्रसिद्ध स्याक्रे-का चर्च रहेको छ। डच कलाकार गखले उक्त क्षेत्र भ्रमण गर्दा सो चर्च बन्दै थियो।

भ्यान गख सन् १८८८ मा प्यारिसबाट दक्षिणी फ्रान्समा सरेका थिए।

पछि उनले आफैँलाई गोली हाने र प्यारिस नजिकै सन् १८९० मा उनको निधन भयो।

भान गग
Presentational grey line