एआईः गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड'

भिडिओ क्याप्शन सुरु हुँदैछ, एआईः गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड'
Published

दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले २४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड गराएको छ।

त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज सुनाइएको थियो।

अहिले स्वराङ्कन गरिएको गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड गराएका थिएनन्।