सन्दीप लामिछाने: आईपीएल २०२१ अक्शनमा एक नेपाली खेलाडी मात्र, खेल्न पाउलान् कि नपाउलान्

सन्दीप लामिछाने
तस्बिरको क्याप्शन, सचिन तेन्दुलकरसँग सन्दीप लामिछाने (फाइल)
Published
पढ्ने समय: ३ मिनेट

ट्वेन्टी-ट्वेन्टी क्रिकेटको चर्चित इन्डियन प्रीमियर लीग (आईपीएल) को सन् २०२१ को प्रतियोगिताका निम्ति खेलाडीहरूलाई अक्शन वा लिलाम बढाबढबाट छान्ने सूचीमा यसपालि पनि केवल एक नेपाली खेलाडी परेका छन्।

यसअघि सोझै दिल्लीको टोलीले लिएको हुनाले अक्शन गर्नु नपरेको सन्दीप लामिछानेलाई यसपालि भने दिल्लीले आफ्नो टोलीबाट "मुक्त" गरेको छ।

उनी ४० लाख भारतीय रुपैयाँ मोलमा अक्शनको सूचीमा परेका छन्।

उनीबाहेक नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आईपीएलका निम्ति प्रस्ताव गरेर पठाइदिएको अन्य सात नेपाली क्रिकेटरहरूले भने सो सूचीमा ठाउँ पाउन सकेनन्।

क्यानले पठाएका ती खेलाडीहरूमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरी थिए।

खेलपत्रकार पिटर डेला पेनाले यसपालि असोसीएट राष्ट्रबाट नेपालका लामिछानेसहित केवल तीन खेलाडी आईपीएल अक्शनको अन्तिम सूचीमा परेको उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

आईपीएलमा सन्दीप लामिछानेः कस्तो छ इतिहास?

सन्दीप लामिछानेले आईपीएलमा सन् २०१८ मा सबभन्दा पहिले खेलेका थिए।

उनलाई तत्कालीन दिल्ली डेअरडेभिल टोली (हाल दिल्ली क्यापिटल्स) ले रोजेको थियो।

सन् २०१९ मा पनि दिल्लीले आफूसँगै राखेका कारण सन्दीपले अक्शनमा जानु परेन।

सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण पूर्वनिर्धारित समयमा आईपीएल हुन सकेन। त्यसपछि बिनाअक्शन सेप्टेम्बर-नोभेम्बर महिनामा सो प्रतियोगिता यूएईमा खेलाइयो।

यूएईमा खेलाइएको सो प्रतियोगितामा सन्दीप लामिछानेले एक खेल पनि खेल्न पाएनन्। पूरै आईपीएल २०२० को सीजन उनले अतिरिक्त खेलाडीका रूपमा बेन्चमा बिताउनुपरेको थियो।

यसअघि सन् २०१८ मा उनले जम्मा तीन म्याच अनि सन् २०१९ मा छ म्याच खेल्न पाएका थिए। सन् २०१८ मा उनले कुल पाँच विकेट अनि सन् २०१९ मा ८ विकेट लिन सफल भएका थिए।

किन पाएनन् ११-जनाको टोलीमा स्थान?

आईपीएलको नियमानुसार विदेशी खेलाडीहरूको निश्चित कोटा तोकिएको छ।

तदनुरूप एक खेलमा चार जनाभन्दा धेरै विदेशी खेलाडी मैदानमा पठाउउन पाइँदैन।

त्यसमाथि सन् २०२० मा उनको टोली दिल्लीमा सन्दीप लामिछानेसहित अरू तीनजना स्थापित भारतीय स्पिन बलरहरू थिए - अक्षर पटेल, रविचन्द्रन अश्विन तथा अमित मिश्रा। उनीहरू नै टोलीको रोजाइमा अगाडि परे।

सन्दीप लामिछाने

के यसपालि सन्दीप लामिछानेले खेल्न पाउलान्?

यस पटक आइपीएलको अक्शन फेब्रुअरी १८ मा हुने तय भएको छ।

सूचीमा समाविष्ट भएकाले सन्दीप लामिछाने लाई कुनै न कुनै टोलीले रोज्ने सम्भावना छ।

खेल पत्रकार विनोद पाण्डेको विचारमा यसपालि स्पिन बलरहरूको आवश्यकता परेका मुम्बई इन्डियन, चेन्नई सुपर किङ्सजस्ता टोलीले उनलाई लिने केही सम्भावना छ।

"तर कुनै टोलीले लिए पनि मैदानमा ओराल्ने ११ जनामा पर्छन् कि पर्दैनन् भन्ने प्रश्नको उत्तर भने कठिन छ। आईपीएलमा विदेशी खेलाडीसम्बन्धी नियमका कारण धुरन्धर खेलाडीबाहेक अरू विदेशीले स्थान पाउन निकै चुनौतीपूर्ण देखिन्छ," पाण्डेले बताए।

सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया?

ट्विटरमा एक प्रयोगकर्ताले सन्दीपलाई सम्बोधन गर्दै उनले खेलेको हेर्ने आफ्नो इच्छा भएको लेखेका छन्।

अङ्कुर उपाध्यायले सबै टोलीमा घरेलु स्पिनरहरू भएकाले सन्दीपले यसपालि पनि निरन्तर खेल्ने अवसर पाउन कठिन भएको प्रतिक्रिया दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

अमन ज्ञवालीले मुम्बई इन्डियनलाई यसपालि सन्दीप लामिछानेलाई लिन आग्रह गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

सामाजिक सञ्जालमा सन्दीप लामिछानेका लागि तोकिएको रकमबारे पनि टिप्पणी भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

रामेन अधिकारीले लेखेका छन्ः सन्दीपको दर थोरै जस्तो देखिन्छ। तर कसले उनलाई छान्छ र (उनले) मौका पाउँछन्?