सामाजिक सञ्जालः अत्यधिक प्रयोगले किशोरकिशोरीको 'मानसिक स्वास्थ्यमा दुष्प्रभाव'

फोनमा महिला

तस्बिर स्रोत, Getty Images

Published

यूकेको एक अध्ययनले धेरै सामाजिक सञ्जाल प्रयोगल गर्दा १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने देखाएको छ।

एडुकेशन पलिसी इन्स्टिट्यू ट र द प्रिन्स ट्रस्टको अध्ययनले प्राथमिक विद्यालयमा बालबालिकामा मानसिक स्वास्थ्य र आत्मसम्मानको अवस्था समान देखिएको छ।

तर १४ वर्षको उमेर पुगेपछि किशोर र किशोरीको मानसिक स्वास्थ्यमा असर गर्ने र किशोरीको अझ धेरै बिग्रिने अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार यसको अर्को कारण व्यायामको अभाव पनि हो जुन कोभिड महामारीका कारण अझ विकराल बनेको छ।

अध्ययनका अनुसार:

  • १४ वर्षको उमेर पुग्दा नपुग्दै तीनमध्ये एक किशोरी आफ्नो शरीरका बारेमा असन्तुष्ट हुन्छन्। यो बाल्यकालमा सात जनामा एक जनामा हुन्छ
  • सम्भावित मानसिक समस्या भएका किशोरकिशोरीको सङ्ख्या प्रत्येक छ जनामा एक जना छ। उक्त सङ्ख्या सन् २०१७ मा नौमा एक जना थियो

केटा र केटी दुवैको अवस्था किशोरावस्थामा घट्ने तर केटीमा अझ बढी घट्ने अध्ययनले बताएको छ।

यद्यपि अध्ययनले केटीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्य उमेर बढ्दै जाँदा स्थिर हुँदै जाने तर केटाहरूको खस्किन जारी हुने देखाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस महामारी: मानसिक स्वास्थ्यका राम्रो बनाउन के-के खाने?

'एकान्त कि समुदाय'

अत्यधिक सामाजिक सञ्जालको प्रयोग नकारात्मक मानसिक स्वास्थ्य र आत्मसम्मानसँग जोडिने एवं धेरै किशोरीहरूले अवसाद (डिप्रेशन) र निराशा महसुस गर्ने देखिएको छ।

“यसरी नराम्रो महसुस गर्नेहरू एक्लो हुन वा समुदाय खोज्न सामाजिक सञ्जालमै जान चाहन्छन्,” केम्ब्रिज विश्वविद्यालयकी डा. एमी ओर्बेन भन्छिन्।

यो अध्ययन इङ्ग्ल्यान्डमा सन् २००० पछि जन्मिएका ५,००० व्यक्तिमा गरिएको हो।

नोभेम्बरमा ती किशोरकिशोरीमा कोरोनाभाइरस महामारीले पारेको असर बुझ्न समूहगत छलफल पनि गरिएको थियो।

परिवारको आयले पनि किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पारेको अध्ययनको निष्कर्ष छ।

तर नियमित व्यायामले उनीहरूमा सकारात्मक प्रभाव पार्ने अध्ययनले बताएको छ।