कोरोना भाइरस लकडाउन: सामान्य अवस्थाको जनजीवन सम्झनुहुन्छ? कोभिड-१९ महामारीपछिको न्यूजील्यान्ड हेर्नुहोस्

प्रधानमन्त्री जसिन्डा आर्डन साउथ बे मरिना पुग्दा ह्वेललाई हेर्ने कौआही नापोराले स्वागत गरेका थिए
तस्बिरको क्याप्शन, प्रधानमन्त्री जसिन्डा आर्डन साउथ बे मरिना पुग्दा ह्वेललाई हेर्ने कौआही नापोराले स्वागत गरेका थिए
Published

प्रधानमन्त्री जसिन्डा आर्डर्नले न्यूजील्यान्डलाई कोभिड-१९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी प्रकट गर्न आफू नाचेको बताइन्।

न्यूजील्यान्डले जुन ८ तारिखमा कोरोनाभाइस नियन्त्रणका लगाइएका सबै किसिमका प्रतिबन्धहरू हटाएको थियो।

कोरोनाभाइरसबाट नयाँ मानिस सङ्क्रमित नभएको दुई हप्ताभन्दा बढी समयपछि प्रतिबन्धहरू फुकुवा गरेको हो।

न्यूजील्यान्डले चार तहको सतर्कता प्रणाली कायम गर्दै पहिलो पटक मार्च २५ तारिखमा लकडाउन सुरु गरेको थियो।

चौथो तहको सतर्कतामा गएपछि सबै व्यापार-व्यवसाय र विद्यालयहरू बन्द गराई मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो।

अहिले ५० दिनभन्दा कम समयमा महामारीको अन्त्य गराएपछि उनीहरू पहिलो तहमा फर्केका छन् र जनजीवन लगभग सामान्य भएको छ। तर विदेशीहरूका लागि अझै सीमा बन्द गरिएको छ।

नयाँ नीतिमा सामाजिक दूरी अनिवार्य छैन र भेला हुने मानिसहरूको सङ्ख्यामा कुनै सीमितता छैन। आन्तरिक पर्यटनलाई बढाउने र अर्थतन्त्रलाई फेरि सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य छ।

लकडाउनबाट निस्किएको पहिलो ४८ घण्टामा न्यूजील्यान्डमा देखिएका कुरा यिनै हुन्।

साथीहरूसँग समुद्री तटमा भलिबल

क्याब्रिजमा बीच भलिबल
Presentational white space

लामो लकडाउनपछि न्यूजील्यान्डको नोर्थ आईल्यान्डमा पर्ने केम्ब्रिज नगरमा मानिसहरू समुद्री तटमा 'बिच भलिबल' खेल्न भेला भए।

सीमासम्बन्धी अझै कडा प्रतिबन्धहरू कायमै छन् र विदेशबाट फर्किने सबैले अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा बस्नुपर्छ।

न्यूजील्यान्डका मानिसहरूलाई आफ्ना गतिविधि र यात्राबारे विवरण राख्न भनिएको छ। त्यसो गर्दा सङ्क्रमणको दोस्रो लहरमा मानिसहरूलाई ट्रेसिङ गर्न सहयोग पुग्ने अपेक्षा छ।

निर्यातका लागि किवी र आभकाडो छुट्ट्याउँदै

कर्मचारीहरूसँग प्रधानमन्त्री आर्डन लफूल प्लान्टमा
Presentational white space

प्रधानमन्त्री आर्डर्नले टौराङ्गास्थित ट्रेभेल्यानको किवी फ्रूट एन्ड आभकाडो प्याक हाउसमा काममा फर्किएका कर्मचारीहरूलाई भेटिन्।

सर्तकता तह १ अन्तर्गत सबै प्रतिबन्धहरू हटाइएपछि जनजीवन लगभग सामान्यमा फर्किनेछ।

साइट निर्माण र कफी ब्रेक

अकल्यान्डमा निर्माण कर्मचारीहरू
Presentational white space

न्यूजील्यान्डको एउटा ठूलो सहर ओक्लन्डमा निर्माण कामदारहरू काममा फर्किएका छन्।

कफी ब्रेकमा निर्माण कामदारहरू
Presentational white space

अनि ओक्लन्डस्थित फुलर फेरीमा केही सहकर्मीहरू कफी ब्रेकमा सँगै बसेर आनन्द लिए।

खेलकुद र कला पुरानो लयमा

रग्बी खेलाडीहरू
Presentational white space

फुटबल (रग्बी) नखेली तीन महिना बिताएका खेलाडीहरू सप्ताहान्तको प्रतिस्पर्धाका लागि प्रशिक्षणमा गए।

अब त्यहाँ रङ्गशालाहरू फेरि खुल्नेछन् र दर्शकले प्रत्यक्ष खेलकुद हेर्न पाउनेछन्।

शनिवार न्यूजील्यान्डका पाँचवटा सुपर रग्बी क्लबहरू सहभागी हुने द न्यू सुपर रग्बी ओटीआरोआ प्रतिस्पर्धा कोभिड-१९ पछिको विश्वकै पहिलो महत्त्वपूर्ण खेलकुद प्रतिस्पर्धा हुनेछ।

बसबाट फेरि यात्रा ...

अकल्यान्डमा बस चढ्दै यात्रीहरू
Presentational white space

जुन ९ तारिखमा सार्वजनिक यातायात पुनः सञ्चालनमा आएपछि बिहान निस्किने मानिसहरू बस चढे।

...र डुङ्गाबाट

वेलिङ्टनमा इस्ट वेस्ट फेरी
Presentational white space

डुङ्गा सञ्चालनमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ र राजधानी वेलिङ्टनमा चल्ने ईस्ट वेस्ट फेरीबाट धेरै यात्रीले पुनः यात्रा गर्न पाए।

अनि मन पर्ने ठाउँमा समय बिताउने बेला पनि फर्किएको छ!

क्याब्रिजमा सर्फर
Presentational white space

घरबाहिर समय व्यतीत गर्ने अवसर फेरि आएको छ।

न्यूजील्यान्डका मानिसहरू अहिले भेला हुन पाउँछन् र साथीहरूसँग समुद्रमा सर्फिङ गर्न जान पाउँछन्।