चक्रवात अम्पुनः बङ्गालको खाडीमा विकसित शक्तिशाली आँधीले ‘नेपाल पनि प्रभावित हुन सक्ने’

चक्रवात अम्पुनः
Published
पढ्ने समय: २ मिनेट

दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई-तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।

"केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक-दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ," महाशाखाले सोमवार जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।

गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्‍याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

भारतको तयारी

उक्त चक्रवातले बुधवार दिउँसोतिर पश्चिम बङ्गाल र ओडिशाका समुद्री तटमा प्रहार गर्ने विज्ञहरूको अनुमान छ।

भारत सरकारले ती क्षेत्रमा २० वटा टोलीलाई उद्धारका लागि परिचालित गरिसकेको छ।

ती समूहहरूले आँधीको मार जमिनमा पर्नु अगावै दश लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने योजना बनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातसम्बन्धी विषयमा एउटा उच्चस्तरीय समितिमा छलफल गर्ने भएका छन्।

भारतमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका माझ हजारौँ मानिसहरू सहर तथा अन्य राज्यबाट आफ्नो घर फर्किरहेको बेला चक्रवातले प्रहार गर्न लागेको हो।

भारतको मौसम विभागले दक्षिणी बङ्गालको खाडीमा २४ घण्टाजति र उत्तरी भेगमा बुधवारसम्म माछा मार्न नजान चेतावनी जारी गरेको छ।

चक्रवातले समुद्री किनारा भएका क्षेत्रहरू डुबानमा पर्न सक्ने बताइएको छ।

छिमेकी बाङ्लादेशमा समेत सरकारले सामाजिक दूरी कायम गर्न सकिने गरी आँधीका बेला बस्ने आश्रयस्थलको सङ्ख्या बढाउने आदेश दिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

भारतको राष्ट्रिय आपदा मोचन बलका प्रमुख एसएन प्रधानले आफू ती दुई राज्य सरकारहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नियालिरहेको बताएका छन्।

गत वर्ष एउटा शक्तिशाली समुद्री आँधीले आफ्नो बाटो फेरेर पश्चिम भारतको समुद्री तट नजिकैबाट अरब सागरतिर गएको थियो।

वायु नाम दिइएको उक्त चक्रवातबाट जोगाउन लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

बङ्गालको खाडीमा एप्रिलदेखि डिसेम्बर महिनासम्म समुद्री आँधीहरू उत्पन्न हुने गर्छन्।