सन् १९१८ मा यसरी गरिएको थियो स्पेनिश फ्लू महामारी नियन्त्रणको पहल

महिला मास्क
तस्बिरको क्याप्शन, स्पेनिश फ्लूको महामारी चलेका बेला मास्क लगाएकी महिला
Published

विश्वव्यापी रूपमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको सन् १९१८को स्पेनिश फ्लू र र कोरोनाभाइरसबीच धेरै समानता खोज्नु उचित नहुन सक्छ। कोभिड-१९ पूर्ण रूपमा नयाँ रोग हो जसले असमानुपातिक रूपमा वृद्धहरूलाई असर पारिरहेको छ।

स्पेनिश फ्लूले बलियो प्रतिरक्षा प्रणाली भएका २० देखि ३० वर्षका मानिसहरूलाई बढी असर पारेको थियो।

तर विभिन्न देशका सरकार र सर्वसाधारणहरूले सङ्क्रमण नफैलियोस् भनेर चालेका कदम भने समान देखिन्छन्।

पब्लिक हेल्थ इङ्ल्याण्डले कोरोनाभाइरस सङ्क्रमणका विषयमा प्रारम्भिक आपत्‌कालीन योजना बनाउनका लागि स्पेनिश फ्लू प्रकोपको अध्ययन गरेको थियो जसको मुख्य निचोड सन् १९१८ को शरद ऋतुमा देखिएको सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै धेरै घातक देखिएको थियो।

महिलाहरू
तस्बिरको क्याप्शन, सन् १९१८ मा रक्षासम्बन्धी निकायमा कार्यरत महिलाहरू स्वच्छ हावाले उक्त भाइरसबाट सङ्क्रमित हुने सम्भावना कम रहन्छ भनेर हरेक दिन बिहान र साँझ १५ मिनेट हिँडडुल गर्ने गर्थे

सन् १९१८ को मे महिनामा भाइरसका कारण पहिलो मृत्यु हुँदै गर्दा यूके अझै युद्धमा होमिइरहेको थियो। उक्त सङ्क्रमणसँग लड्न अन्य देशका सरकार जस्तै युके पनि तयार अवस्थामा थिएन।

रोयल सोसाइटी अफ मेडिसिनका लागि सर आर्थर निउजहोमले सन् १९१९ मा तयार पारेको प्रतिवेदनका अनुसार स्पेनिश फ्लू सैन्य टुकडीहरूको ओसारपसारदेखि हतियार कारखाना र भिडभाडयुक्त बस अनि रेल जस्ता स्थानहरूमा डढेलो लागे झैँ फैलिन थाल्यो।

सन् १९१८ को जुलाई महिनामा उनले बिरामी भएको भए सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै "सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र" सरकारले बेवास्ता गरेको थियो।

ती नियमको पालना गरिएको भए धेरैको ज्यान जोगिन सक्ने बताउँदै आर्थर थप्छन्: "कहिलेकाहीँ यस्ता किसिमका राष्ट्रिय परिस्थिति हुन्छन् जति बेला स्वास्थ्य र जीवनको जोखिम हुँदा समेत प्रमुख दायित्व "अघि बढ्नु" नै रहन्छ।"

महिलाहरू
तस्बिरको क्याप्शन, इन्फ्लुएन्जाबाट बच्न कपडाको मास्क लगाएका महिलाहरू

सन् १९१८ मा इन्फ्लुएन्जाको उपचार थिएन। निमोनिया जस्तो रोग निको पार्न एन्टिबायोटिक पनि थिएन। अस्पतालहरू छिट्टै भरिन्थे।

कैयौँ नाटक घर, चलचित्र र नृत्य देखाइने हल अनि गिर्जाघरहरू बन्द गरिए पनि सङ्क्रमण नफैलियोस् भनेर केन्द्रीकृत रूपमा लकडाउन लागु गरिएको थिएन।

युद्धकालीन समयका कारण पहिले नै खुला रहने समय तोकिएका पबहरू प्राय:जसो खुलै थिए। ठूला फुटबल प्रतियोगिताहरू युद्धकै कारण रद्द गरिएको भए पनि क्षेत्रीय स्तरमा हुने त्यस्ता प्रतियोगिताहरू भने रद्द गरिएको थिएन।

त्यस्ता कार्यक्रमहरूमा व्यापक भिडभाड हुने गर्थ्यो र त्यो महामारीको अवधिभरि चलेको थियो। केही सहरहरूमा नि:सङ्क्रमण गर्ने 'स्प्रे' छरिएको थियो भने केहीले जीवाणुबाट बच्नका लागि मास्कको प्रयोग गर्न गर्थे।

टेलिफोन अपरेटर
तस्बिरको क्याप्शन, टेलिफोन अपरेटर
Presentational white space

जनस्वास्थ्यसम्बन्धी सूचना अलमल पार्ने किसिमका थिए र अहिले जस्तै मिथ्या समाचार अनि षड्यन्त्रका सिद्धान्त पनि प्रशस्त थिए।

केही कारखानाहरूमा सङ्क्रमणबाट बच्न सहयोगी हुने बुझाइका कारण चुरोट पिउनमा रोक लगाइएको थिएन। प्रचारका लागि गरिएका अभियानहरूमा उक्त रोग खोक्दा वा हाच्छिउँ गर्दा फैलने बताइएको थियो।

सन् २०१८को नोभेम्बर महिनामा न्यूज अफ द वर्ल्डले आफ्ना पाठकहरूलाई यस्तो सुझाव दिएको थियो: "प्रत्येक साँझ र बिहान नाकभित्र साबुन पानीले सफा गर्नू। साँझ बिहान हाच्चिँउ गर्नू अनि गहिरो सास लिनू। गलबन्दी नलगाउनू। हिँडेरै काममा जानू अनि प्रशस्त 'परिज' खानू।"

कार्टुन
तस्बिरको क्याप्शन, जनस्वास्थ्यसँग सम्बन्धित विषयमा देखिएका अलमलबारे एक कार्टुन
Presentational white space

सन् २०१८ को महामारीको प्रभाव नपरेको कुनै पनि देश थिएन। त्यसको प्रभाव र त्यसबाट बच्ने सरकारी प्रयास भने देश अनुसार फरक थियो।

अमेरिकाका केही राज्यमा क्वारन्टीनको व्यवस्था गरिएको थियो जसको नतिजा मिश्रित थियो। अन्य केहीले मास्कको प्रयोग अनिवार्य बनाएका थिए।

सिनेमा घर, नाटक घरसहित मनोरञ्जनका लागि प्रयोगमा ल्याइएका अन्य स्थानहरू देशभरि बन्द गरिएका थिए।

नाई
तस्बिरको क्याप्शन, सङ्क्रमणबाट बच्न सावधानी अपनाइन्थ्यो
Presentational white space

पछिल्लो २० वर्षदेखि क्षयरोग विरुद्ध अभियान चलाइरहेको न्यूयोर्क अन्य राज्यका तुलनामा बढी तयार देखिएको थियो। फलस्वरूप त्यहाँ मृत्यु हुनेहरूको दर कम थियो।

त्यसै कारण उक्त राज्यका स्वास्थ्यसम्बन्धी मामिला हेर्ने आयुक्त मनोरञ्जनका लागि प्रयोग गरिने चलचित्र घरसहित अन्य स्थान खुला राख्न दबावमा परे।

सफाइ गर्दै
तस्बिरको क्याप्शन, सन् १९१८मा न्यूयोर्कमा मास्क लगाएर बाटा घाटा सफाइ गर्दै एक व्यक्ति

अहिले जस्तै त्यस बेला पनि स्वच्छ हावालाई सङ्क्रमण फैलन नदिन सम्भावित उपायका रूपमा हेरिएको थियो र त्यसैका आधारमा केही सरल उपायहरू अपनाइएका थिए।

अदालत खुला स्थान
तस्बिरको क्याप्शन, सन् १९१८मा खुला स्थानमा अदालतको कारबाही

तर अमेरिकाका अधिकांश सहरहरूमा ठूला भिडभाड रोक्न भने असम्भव जस्तै देखियो। त्यस्तो अवस्था सबैभन्दा बढी धार्मिक स्थलहरूमा देखिन्थ्यो।

प्रार्थना गर्दै
तस्बिरको क्याप्शन, स्यान फ्रान्सिस्कोमा महामारीका बेला प्रार्थनामा सहभागी भिड

उक्त महामारीको अन्त सम्ममा ब्रिटेनमा ज्यान गुमाउनेहरूको सङ्ख्या २२८,००० पुगेको थियो र जनसङ्ख्याको एक चौथाइ सङ्क्रमित भएको आशङ्का गरिएको थियो।

बस नि:सङ्क्रमित पारिदैँ
तस्बिरको क्याप्शन, लन्डनमा एउटा बस नि:सङ्क्रमित पारिदैँ
Presentational white space

सबै तस्वीरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर